खेलकुद

एपीएफ क्लब झापा गोल्डकपको सेमिफाइनलमा

By खबरहब

March 04, 2024

झापा- एपीएफ क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३ – ४ गोलअन्तरले हराउँदै एपीएफ विजयी भएको हो । खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमती युवा क्लबका निर्मल घिसिङ र अबि लामाको पेनाल्टी बचाए ।

दुबै टोलीले गोलका लागि अवसर सिर्जना गरेपनि निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

फागुन २८ गते सम्म सञ्चालन हुने झापा गोल्डकपमा ए डिभिजन क्लब सहित १० वटा टिमले सहभागिता जनाएका छन् ।

छैटौं संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख सहित आकर्षक ट्रफी पाउनेछन् भने उपविजेताले नगद ७ लाख रुपैँया प्राप्त गर्ने छन् । मंगलबार क्वाटरफाईनल खेल चर्चब्वाइज युनाइटेड क्लब र एनआरटीबीच हुने आयोजकले जनाएको छ ।