राजनीति

जसपा कार्यकारिणी समितिको बैठक जारी

By खबरहब

March 04, 2024

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ ।

चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा जाँदा के सर्तमा जाने, कुन–कुन र कति वटा मन्त्रालय लिने, प्रदेशका सरकारमा के गर्ने, अन्य नियुक्तिहरूको विषयमा के गर्नेलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको जसपाका प्रवक्ता मनिष समुनले बताए ।

यसअघि बिहान पनि कार्यकारिणी समितिको बैठक बसेको थियो ।