मुख्य समाचार

नयाँ गठबन्धनमा आबद्ध चार दलबीच ८ बुँदे सहमति (सहमतिपत्र सहित)

By खबरहब

March 04, 2024

काठमाडौं- नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको बैठकमा ८ बुँदे सहमति भएको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै गठबन्धनले जनचाहना अनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षाा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भएको उल्लेख गरेको छ ।

यस्तो छ गठबन्धनमा भएको सहमित-