समाचार

नयाँ सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने

By खबरहब

March 04, 2024

काठमाडौं । नवगठित सत्ता गठबन्धनको बैठक आव्हान गरिएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालय बाँडफाडबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरी तिमल्सिनाले जानकारी दिए । उनका अनुसार गठबन्धनमा अन्यपार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई पनि सहभागि गराउने पक्षमा छन् ।

सोमाबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । बाँकी मन्त्रीबारे मंगलबारको बैठकमा निर्णय हुने बताइएको छ ।

याे पनि…

नयाँ गठबन्धनमा आबद्ध चार दलबीच ८ बुँदे सहमति (सहमतिपत्र सहित)