राशिफल

आज २०८० साल चैत २२ गते बिहीबारको राशिफल

By खबरहब

April 04, 2024

काठमाडौं – आज २०८० साल चैत २२ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल ४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : प्रेममा सफलता प्राप्त हुनेछ। गुमेको धन हात लाग्नेछ। रमाइलो यात्रामा निस्कने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा सफलता हात लाग्नेछ।

वृष : धन हात पर्नेछ। कर्ममा जुट्ने दिन हो। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र अब्बल रहेका छन्। परिवारको साथ राम्रो छ।

मिथुन : गुरुबाट नै असहयोग हुने खतरा छ। कर्म क्षेत्रमा मेहनत गर्नुपर्ने दिन छ। निरन्तरतको प्रयास आवश्यक देखिन्छ। विदेशमा भन्दा स्वदेशकै रोजगारीमा मन रमाउने छ। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ।

कर्कट : मनमा उत्साह बढ्नेछ। समाजमा प्रशंसा मिल्नेछ। सोचेर बोल्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : श्रमको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको वादविवादले घाटा हुनसक्छ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्धमा कुनै अवरोध छैन। आफन्तसँग भेट हुनेछ।

कन्या : आकस्मिक लाभ प्राप्त हुने दिन छ। इष्टमित्र दाहिना छन्। रोगले छोड्ने छ। लगानीको राम्रो प्रतिफल मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

तुला : आज ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। शिक्षाको लगानीबाट सोचेजस्तो फल नमिल्न सक्छ। पुरानो रोग बढ्ने खतरा देखिन्छ। विदेशको लगानीले उत्साह बढ्नेछ।

वृश्चिक : पुरानो सम्पत्ति फिर्ता हुनेछ। आफन्तले सहयोग गर्नेछन्। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : शेयरमा फाइदा हुनेछ। आर्थिक क्षेत्र सबल बन्ने दिन छ। सञ्चित धन भने खर्च हुने जोखिम रहेको छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग राम्रो छ।

कुम्भ : खराब नतिजा सुन्नुपर्ने हुनसक्छ। आजको दिन ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवारको नाममा काम गर्नु राम्रो हुन्छ। यात्रामा सचेत हुनुपर्ने छ।

मीन : व्यापार र व्यावसायको क्षेत्रमा फाइदा हुनेछ। आम्दानीका बाटा धेरै हुनसक्छन्। लगानी गरेमा घाटा हुने छैन। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।