अन्तर्राष्ट्रिय

युद्ध फिल्ममा सिभिल वारको चर्चा

By मनोज घिमिरे

April 04, 2024

हलिउड स्टार क्रिस्चियन डन्सट कला क्षेत्रमा लागि रहँदा महिला र पुरुषको बिचमा पारिश्रमिकमा धेरै भिन्नता थियो। उनका फिल्म सफल भए पनि पारिश्रमिक भने पुरुष कलाकारको भन्दा कम पाउने गरेकी थिइन्। सन् १९९५ मा जुमान जी र २००० मा ब्रिङ इट अन मार्फत उनी कला क्षेत्रका अत्यन्त सफल भएकी थिइन्। एकदमै कम उमेरकी उनका लागि यो आवाज कहाँबाट सुरु गर्ने र कसरी गर्ने भन्ने समस्या थियो। फिल्मको रसमा रमाउँदै जाँदा उनको उमेर भर्खर १७ वर्षको थियो।

स्पाइडर म्यानमा उनी र अर्का अभिनेता टबी म्याग्रेक्यु बिचको पारिश्रमिकमा पनि भिन्नता थियो। यस विषयलाई अहिलेको चलचित्र फिल्म सिभिल वार बनाएका एलेक्स गर्लान्ड स्वीकार गर्छन्। उनी कसैले पनि यो विषय नउठाएका कारण त्यत्तिकै अघि बढी रहेको कुरा स्वीकार गर्छन्।

डन्सटले सो फिल्ममा वार फोटोग्राफरको भूमिका निर्वाह गरेकी छन्। अहिले बढी रहेको राजनीतिक र सामाजिक घटनाक्रमले भविष्य कुन दिशामा जाने हो भन्ने अनुमान गर्न सहज हुने जनाइएको छ।

पत्रकारितामा रमाउने युवाले उठाउनु परेको जोखिमका बारे फिल्ममा राम्रोसँग देखाइएको छ। ४१ वर्षीया उनी फिल्ममा मुख्य भूमिका पाउनु साँच्चै राम्रो अवसर भएको बताउँछिन्। उनी युद्ध पत्रकार मारियो कल्भिनबाट प्रभावित भएको जनाइएको छ।

फिल्ममा पश्चिमा शक्ति टेक्सस र क्यालिफोर्नियाले पृथकतावादी युद्ध गरिरहेको दृश्य देखाइएको छ। फिल्ममा लगातार तेस्रो कार्यकाल सत्ता सम्हालेर संविधानको बर्खिलाप जाने राष्ट्रपतिको भूमिकामा निक अफरम्यान छन्।

फिल्ममा पश्चिमा शक्ति टेक्सस र क्यालिफोर्नियाले पृथकतावादी युद्ध गरिरहेको दृश्य देखाइएको छ। फिल्ममा लगातार तेस्रो कार्यकाल सत्ता सम्हालेर संविधानको बर्खिलाप जाने राष्ट्रपतिको भूमिकामा निक अफरम्यान छन्। ६ जनवरीको दुखद घटनाको पनि फिल्ममा स्मरण गरिएको छ। सोही दिन तत्कालीन डोनाल्ड ट्रम्पका समर्थकले वासिङ्टनस्थित राष्ट्रपति कार्यालयमा आक्रमण गरेका थिए।

यो फिल्म अमेरिकामा केन्द्रित भएर देखाइए पनि दुई कुरा प्रस्ट छ। पहिलो पत्रकारिता पेसा आफैमा अत्यन्त जोखिम हो। दोस्रो तीव्र ध्रुवीकरणले संसारलाई कुन दिशामा लैजानसक्छ भन्ने कुरा यो फिल्ममा देखाइएको छ।

प्रसङ्ग अमेरिकाको खासै होइन। त्यो प्रसङ्ग खासमा बेलायतमा अमेरिकामा भन्दा अझ बढी हुनसक्छ। मध्यपूर्व, एसिया र अफ्रिकाका धेरै देशको कहानी त झन् अझ भीषण र भयानक हुनसक्छ। जुन कुरा अमेरिकामा कल्पनाको विषय ठानिएको छ, त्यस्तै खुद अवस्था संसारका धेरै देशमा भएको छ। यस फिल्मको रिभ्यु गर्नेले सकारात्मक रूपमा गरेका छन्।

टेलिग्राफका रोबीन कोलिनले रिभ्यु गर्ने क्रममा पाँच तारा दिएका छन्। उनको मतमा फिल्म हेर्नेका लागि हरके समय एउटा थ्रिलको महसुस हुन्छ। हरेक समय कुनै न कुनै सस्पेन्स हुने भएका कारण दर्शक एक छिन पनि दायाँबायाँ गर्ने सम्भावना नै छैन। अम्पायरका जोन नुयगटले चार तारा दिएका छन्। गार्जीयानका आड्रियन हर्टन भने अलि फरक किसिममा छन्। उनले तीन तारा दिएका छन्।

अभिनेत्री डन्सट तीन वर्षको उमेरमा नै क्यामेराको अघि बिताउन थालेकी हुन्। २० को हाराहारीमा पुगे पछि उनले पहिलो पटक मुख्य कलाकारको भूमिकामा आफूलाई पाउन थालेकी हुन्। उनले सोफिया कार्पोलाको मारी एन्टीनीयोटिक बायोपिकमा अभिनय गरेकी हुन्। डन्सटको मत यस्तो छ, ‘यहाँ सबै कृत्रिम र मानव निर्मित हुँदै गएको छ। प्रकृतिमाथि मान्छे हाबी हुँदा कतै मानिसको विनाश नै त हुने होइन। डन्सटको यही चिन्ता छ। अहिले रिलिज पूर्व नै चर्चामा रहेको चलचित्र अमेरिका, बेलायत र क्यानडामा १२ अप्रिलका दिन रिलिज हुँदैछ।

अहिलेसम्मका युद्ध चलचित्र मध्य सबै भन्दा माथिल्लो कोटीमा राखिएका चलचित्रमा र्यान नै हो। अकिरा कुरोसोवाका लागि सो फिल्म आफ्नो प्रमुख हस्ताक्षरका लागि अन्तिम मौकाको रूपमा प्रयोग गरेका थिए। फिल्म सन् १९८५ मा तयार भएको हो।

संसारमा अहिलेसम्म बनेका धेरै युद्ध फिल्ममा सिभिल वार कुन स्थानमा रहन्छ भन्ने यकिन छैन। यसले पाउने बजारको पनि अझै टुङ्गो छैन। अहिलेसम्मका युद्ध चलचित्र मध्य सबै भन्दा माथिल्लो कोटीमा राखिएका चलचित्रमा र्यान नै हो। अकिरा कुरोसोवाका लागि सो फिल्म आफ्नो प्रमुख हस्ताक्षरका लागि अन्तिम मौकाको रूपमा प्रयोग गरेका थिए। फिल्म सन् १९८५ मा तयार भएको हो।

उनले यसका लागि धेरै वर्ष खर्चेका थिए। लामो समय जापानमा बिताएका पनि थिए। उनले कुनै पनि हालतमा आफ्नो छाड्नका लागि आर्थिक जोहो गर्न मात्र होइन फिल्मका आवश्यक सबै कुराको जानकारी लिन पनि समय बिताएका थिए।

जापानका सम्राट्ले आफ्ना तीन छोराको लागि राज्य नै विभाजन गर्ने नीति लिन्छन्। यी मध्येको एउटाले प्रस्ताव अस्वीकार गरेपछि बाँकी रहेका दुईले तीनैको भागमा परेको जग्गाको लागि लडाइँ गर्छन्। हो फिल्मको मुख्य कथा नै यही हो।

सम्राट् इचिमोन्जो हिदेतोराको भूमिकामा तात्सुइया नाकादाइले अभिनय गरेका हुन्छन्। फिल्मको सेट तयार गर्न धेरै मेहनत गरेका उनले फिल्म खेल्नकै लागि सेना भाडामा लगाएका थिए। फिल्ममा हिदेताराले आफूले बनाएको सबै संरचना ध्वस्त भएको देखेपछि अन्तिममा आफैले सत्ता हातमा लिने निर्णय गर्छन्। तथापि सो निर्णय धेरै ढिला भइसकेको हुन्छ। यो फिल्मको पनि उद्देश्य जमिनका लागि युद्ध गर्नु अत्यन्त गलत भएको देखाइएको छ।

यस भन्दा पहिले नै सन् १९५७ मा पाथ टु ग्लोरी तयार भएको हो। सो फिल्मलाई पनि शान्तिप्रिय अवस्थाको चाहना गरिएको वार फिल्मको रूपमा हेरिएको छ।

क्रिस्चियन कुर्बुकले फिल्मलाई यसरी प्रस्तुत गरेका छन् कि हरेक दृश्य त्रासदीको रूपमा देखिन्छन्। धेरै जनालाई हारेपछि मर्नका लागि निर्देशित गरे पनि सेनाका लागि आफ्नै जीवन सबै भन्दा प्यारो हुन्छ।

जेम्स जोन्सले दोस्रो विश्व युद्धको समयमा भोगेको समस्याका बारे सन् १९६२ मा एउटा उपन्यास लेखेका थिए। सोही उपन्यासमा आधारित भएर टेरेन्स मलिकले ‘द थिन रेड लाइन’ फिल्म बनाएका हुन्। २० वर्षमा मलिकको यो पहिलो फिल्म हो।

फिल्ममा आड्रियन बोडीको मुख्य भूमिका थियो। बिल फुल म्यान, मिक्की रोर्क र लुकास हार्सले पनि अभिनय गरेका थिए। प्रशान्त क्षेत्रमा युद्धको कारण आएको दुःखलाई फिल्ममा देखाइएको हो। यो फिल्मले मलिकलाई फिल्म क्षेत्रमा फेरी स्थापित गराएको थियो।

दोस्रो विश्व युद्ध तथा जर्मनी र फ्रान्स बिचको शक्ति सङ्घर्षको विषयमा केन्द्रित भएर सन् १९३७ मा प्रदर्शन भएको ग्रान्ड एजुजन बनाइएको हो। पहिलो विश्व युद्धको कारण जर्मनीमा पलाएको प्रतिशोधको भावनाले दोस्रो विश्व युद्ध हुनुको एउटा मुख्य कारण भएको पनि फिल्ममा देखाइएको छ।

सन् १९४६ मा फ्रान्समा यो फिल्म फेरि देखाइएको थियो। राष्ट्रियता भन्दा मानवता प्रमुख भएको तथा सीमाको तथा शासकले राष्ट्रियता शब्द उच्चारण गरेर सयौँ मानिसमा भ्रम छर्दै उनीहरूको जीवनमाथि गरेको खेलबाडको विषय उठाइएको छ। स्रोत : बिबिसी, भल्चरडटकम