ब्रेकिङ स्टोरी

१९ इन्स्पेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)

By खबरहब

April 04, 2024

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ ।

बढुवा समितिको हिजो बसेको बैठकको निर्णयअनुसार नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका १९ प्रहरी निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरेको हो ।

बढुवा हुनेमा बढुवा हुनेमा निर्मल पनेरु (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्ष), ऋषिराम घर्तीमगर (इलाका प्रहरी कार्यालय ठाडादह, अर्घाखाँची, दिपक मल्ल (ट्राफिक प्रहरी कार्यालय कैलाली) छन् ।

यस्तै, नवीन पौडेल (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पिल ६ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन), योगेन्द्र तिमिल्सिना (लागू औषध नियन्त्रण ब्यूरो सूचना संकलन तथा सुराकी शाखा कोटेश्वर), गुणराज बुढाथोकी (अपराध अनुसन्धान विद्यालय तालिम शाखा महाराजगन्ज) लगायतको डिएसपीमा बढुवा भएको हो ।