समाचार

जसपाको बैठक बस्दै, रिक्त समानुपातिक सांसद चयन गरिने

By खबरहब

April 04, 2024

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन, रिक्त समानुपाति सांसद पद लगायतका विषयमा छलफल हुनेछ ।

जसपामा समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि उक्त स्थान खाली छ । उनको यही चैत ४ गते काठमाडौँमा निधन भएको थियो ।

जसपाले बाँकेकी हसिना खानलाई सांसद बनाउने बुझिएको छ । उनी निर्वाचन आयोगमा जसपाले बुझाएको समानुपातिक सूचीको मुस्लिम महिला क्लस्टरमा तेस्रो नम्बरमा छिन् ।

खान भन्दा अधि नाम भएका शर्मासहित र शहनाज रहमानको निधन भइसकेको छ ।