खेलकुद

फ्रेन्च कप : पीएसजी फाइनलमा प्रवेश

By खबरहब

April 04, 2024

काठमाडौँ– फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलमा रेन्नेजलाई १–० गोलले हराउँदै पीएसजी उपाधिनजिक पुगेको हो ।

पीएसजीका लागि केलियन एमबाप्पेले एक गोल गरेका थिए । उनले खेलको ४०औँ मिनेटमा गरेको गोल नै पीएसजीको जितका लागि निर्णायक बनेको थियो ।

पीएसजीले अब मे २५ मा लियोनसँग फाइनल खेल खेल्नेछ ।