समाचार

गायक राजेश पायलसहित तीन कलाकार पक्राउ

By खबरहब

April 04, 2024

काठमाडौँ– प्रहरीले गायक राजेश पायल राईलगायत तीन कलाकारलाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँको थापागाउँ जनिकैबाट पक्राउ गरेको हो ।

उनीहरुलाई अहिले प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । मादक पदार्थ खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले गायक राईलाई अबदेखि यस्ता कार्य नगर्ने सर्तमा आफन्तको जिम्मा लगाउने तयारी गरेको छ ।