फाइल तस्वीर

राजनीति

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

By खबरहब

April 04, 2024

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले बाँकेकी हसिना खानलाई पार्टीका तर्फबाट प्रतिनिधिसभामा रिक्त समानुपातिक सांसद बनाउने भएको छ ।

आज काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउने निर्णयसहित सिफारिस गरेको हो ।

जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो ।

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ ।