फाइल फोटो

आर्थिक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

April 04, 2024

काठमाडौँ– नेपाली बजारमा लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ताेलामा १ हजार रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हाल सम्मकै उच्च मूल्य हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर तोलाको १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।