काठमाडौं– नेपाल टेलिकम र सर्वोच्च अदालतबीच अदालतहरूमा विविध दूरसञ्चारका सेवाहरू उपलब्ध गराउने सम्झौता भएको छ ।
बुधबार भएको सम्झौतामा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्चका तर्फबाट सह–रजिस्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस उपलब्ध गराउने टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
हाल यो सेवा सम्पूर्ण उच्च अदालत तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।