राजनीति

इलाम- २ मा माओवादीले एमालेलाई सघाउने

By खबरहब

April 04, 2024

काठमाडौं– इलाम- २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

माओवादीले धीरेन्द्र शर्मालाई उम्मेदवारमा उठाउने निर्णय गरेको भएपनि एमालेका उम्मेदवार  नेम्वाङलाई सघाउने आन्तरिक सहमति भएको माओवादी नेता कुशल लिम्बुले जानकारी दिए ।

इलाममा एमालेले सुहाङलाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेशसभाअन्तर्गत बझाङमा हुने उपनिर्वाचनका लागि दुवै दलले उम्मेदवार घोषणा गरिसकेका छन् । तर बझाङमा एमालेले माओवादीलाई सघाउने सहमति भएको लिम्बुले बताए ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरिसकेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार तय गरिसकेको छ ।