सांकेतिक तस्बिर

देश/प्रदेश

 तीन जना मृत अवस्थामा फेला

By खबरहब

April 04, 2024

काठमाडौं– मोरङ, काभ्रे र पर्सामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका-६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी काभ्रेकाे खानिखोला गाउँपालिका-७ त्रिवेणीघाटस्थित त्रिवेणीघाट सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१४ बहुअरीस्थित खुल्ला चौरमा साल नालसहितको नवजात शिशुको शव बुधबार फेला परेको छ । शिशुको लिङ्ग पहिचान हुन सकेको छैन ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।