समाचार

जसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने

By खबरहब

April 04, 2024

काठमाडौं- सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम–२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

बिहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम- २ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो ।

जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।