आर्थिक

नेप्सेमा २.७३ अंकको गिरावट

By खबरहब

April 04, 2024

काठमाडौं– नेप्सेमा २.७३ अंकको गिरावट आएको छ । बिहीबार नेप्से सूचक २.७३ अंकले घटेर २ हजार ४.०५ विन्दुमा कायम भएको छ ।

आज विभिन्न ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ५६ हजार ३२१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९.९९, गुराँस लघुवित्तको ९.९७, तारागाउँ रिजेन्सी होलाको ९.९० प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै मूल्य घट्नेमा पिपुल्स पावर लिमिटेडको सबैभन्दा बढी ९.०५ प्रतिशत, सर्वोत्तम सिमेन्टको ५.८५ प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २३ करोड ३२  लाख ९१ हजार ६१२ बराबरको शेयर कारोबार भएको छ ।