काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरी २३औँ वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा बैंकले सम्पूर्ण ग्राहक तथा शुभचिन्तकलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।
कुमारी बैंकले २३ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए ।
यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । विविध सांस्कृतिक परम्परालाई अँगाल्दै, बैंकले कार्यशक्तिमा समावेशिता र सम्मानलाई बढवा दिएको विज्ञप्तिमा उल्लेख छ ।
यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैँका लागि’ भन्ने मूल उद्देश्य भित्र रही आन्तरिक आबद्धताको भावनालाई बढवा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।