स्वास्थ्य

नि:शुल्क आँखा शिविरबाट पाँच सय ३४ जना लाभान्वित

By खबरहब

April 04, 2024

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले सुरु गरेको नि:शुल्क आँखा शिविर बिहीबारसम्म पाँच सय ३४ जनाको आँखा परीक्षण गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला र सामुदायिक आँखा केन्द्र जिरीको संयुक्त आयोजना तथा बैतेश्वर गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन भइरहेको निःशुल्क आँखा रोग तथा मोतियाविन्दु छनौट शिविरमा बिहीबारसम्म ५ वटा वडाका ५३४ जनाको आँखा परीक्षण गरिएको बैतेश्वर गाउँपालिका स्वास्थ्य अधिकृत बाबुलाल लामाले बताए ।

हालसम्म ५ वटा वडाका पाँच सय ३४ जनाको आँखा परीक्षण गर्दा ३४ जना मोतियाबिन्दुका बिरामी फेला परेको लामाले जानकारी दिए ।  मोतियाबिन्दुका बिरामीहरूलाई २७ र २८ गते तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञद्धारा जिरी सामुदायिक आँखा केन्द्र, जिरीमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिने  छ।

बैतेश्वर गाउँपालिका सबै वडाका स्वास्थ्य चौकीहरूमा चैत २५ गतेसम्म शिविर सञ्चालन हुने छ। अब वडा नम्बर-१, २ र ५ मा शिविर सञ्चालन हुन बाँकी रहेको छ।

सुबास बस्नेत