रोयटर्स

खेलकुद

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

By खबरहब

May 04, 2024

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लुटन टाउन र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लुटन टाउनका लागि एलिया अदेबायो र एभर्टनका लागि डोमिनिक क्याल्भर्ट लेविनले एक–एक गोल गरेका थिए ।

खेलको २४औँ मिनेटमा एभर्टनका डोमिनिकले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए ।

स्तै लुटन टाउनका एलियाले खेलको ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै एभर्टन ३६ खेलबाट ३७ अंकसहित तालिकाको १५औँ स्थानमा छ । समान खेल खेलेको लुटन टाउन २६ अंक जोडेर १८औँ स्थानमा छ ।