क्रिकेट

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

By खबरहब

May 04, 2024

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलुरुमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । ६ अंक जोडेको बैंगलुरु अंकतालिकामा पुछारमा रहेको छ ।

यस्तै, गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंक जोडेको गुजरात आठौँ स्थानमा छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता खेलाडी छन् ।।

रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।

यता, गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता खेलाडीको भूमिका महत्वपूर्ण रहने छ ।