खेलकुद

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

By खबरहब

May 04, 2024

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने भएको छ । पाहुना टोलीले टस जितेर ब्याटिङ रोजेपछि घरेलु टोली नेपालले फिल्डिङ गर्ने भएको हो  ।

खेल आज (शनिबार) दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले सिरिज ३-१ ले गुमाइसकेको छ । बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २८ रनले पराजित गर्दै सिरिज जितेको थियो ।

सिरिज गुमाइसकेको नेपाल घरेलु मैदानमा शनिबार सान्त्वना जितको लक्ष्यका साथ मैदानमा हुनेछ।