क्रिकेट

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

By खबरहब

May 04, 2024

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२० शृंखला अन्तर्गत आज अन्तिम खेल भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर वेष्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ ।

यसअघिका चारमध्ये तीन खेलमा जित निकालेर वेष्ट इन्डिजले उपाधि सुरक्षित गरिसकेको छ । नेपालले भने एउटामा मात्रै जित निकाल्न सक्यो ।

बिहीबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २८ रनले पराजित गर्दै सिरिज जितिसकेको छ। आजको खेल औपचारिक मात्र हुनेछ । नेपाल ३–१ ले पछाडि रहेको छ ।

पहिलो खेलमा चार विकेटको जित निकालेको नेपाल त्यसपछिका खेलमा लगातार हार बेहोर्दै आएको छ ।

शृङ्खलाको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल हो । नेपाली टोली आजको खेल पछि विश्वकपका लागि वेष्ट इन्डिज प्रस्थान गर्नेछ ।