खेलकुद

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

By खबरहब

May 04, 2024

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

आसिफले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । ५१ रन बनाएर आसिफ आउट भएका छन् ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १३.३ ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको छ ।