फाइल तस्वीर

समाचार

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

By खबरहब

May 04, 2024

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण भीलिदेखि २५ गतेसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

आइतबारदेखि मंगलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द रहने नेपाल रेल्वे कम्पनीका प्रबन्ध निरञ्जन झाले जानकारी दिए। 

इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा तीन दिन बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

भारत मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ मा लोक सभा चुनाव हुँदैछ ।