समाचार

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

By खबरहब

May 04, 2024

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत कार्यालयको जिन्सी कोठामा आगलागी भएको हो।

आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए।

एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए। आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।