आर्थिक

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

June 04, 2024

काठमाडौं – आज २०८१ साल जेठ २२ गते मंगलबार सन् २०२४ जुन ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

मंगलबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य घटेको छ । यसअघि अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर थियो भने युरो र बेलायती पाउण्डको मूल्य सोमबार बढेको थियो ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?