अन्तर्राष्ट्रिय

भारतीय लोकसभा(५४३) : एनडीए- २९१, इन्डिया गठबन्धन- २२०, अन्य- ३२ स्थानमा अगाडि

By खबरहब

June 04, 2024

काठमाडौं– भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । नेपाली समयअनुसार आज बिहान सवा ८ बजे सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) को एनडीए गठबन्धन धेरै अगाडि रहेको छ ।

यो समाचार तयार पार्दासम्म ५४२ सिटको सुरुवाती रुझानमा नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धन २९१ र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२० सिटमा अगाडी देखिएका छन् । यस्तै, ३२ स्थानमा अन्य दल अगाडि छन् ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको थिए । एक सिटमा भने यसअघि नै एनडीएका उम्मेदवार निर्विरोध भएका थिए ।

लोकसभा निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।