अन्तर्राष्ट्रिय

भारतमा लोकसभाको चुनावी परिणामबीच ध्रुव राठीको ट्वीट भाइरल

By खबरहब

June 04, 2024

नयाँ दिल्ली- भारतमा भएको लोकसभा चुनावको गणना तीव्र रुपमा अघि बढेको छ । सुरुवाती रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीएले बहुमत हासिल गर्ने देखिएको छ । चुनावी नतिजाबीच चर्चित युट्युबर ध्रुव राठीको एक ट्ववीट भाइरल भएको छ ।

ध्रुव राठीले मंगलबार एक ट्वीट गर्दै लेखेका छन्- एग्जिट पोल फ्रडको जाँच हुनु आवश्यक छ । के शेयर बजारमा हेराफेरी गर्नका लागि यस्तो गरिएको थियो ? या यस्तो गर्नका लागि कसैले धम्की दिएको थियो ?’

राठीको यो ट्वीट अहिले चर्चामा छ । ट्वीट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र बहस छेडिएको छ । केहीले उनको समर्थन गरेका छन् भने केहीले उनीमाथि आक्रमण थालेका छन् ।

ध्रुवको यो ट्वीट भारतको शेयर मार्केटमा गएको पहिरोको सन्दर्भमा थियो । एक्जिट पोलको नतिजा आउँदा हरियाली छाएको भारतीय शेयर बजारमा मतपरिणाम आएसँगै मंगलबार पहिरो गएको छ ।

The Exit Poll Fraud must be investigated

Did they all do this to manipulate the stock market? Or were they threatened by someone to do it?

— Dhruv Rathee (@dhruv_rathee) June 4, 2024