तस्बिर : गेट्टी इमेज 

सूचना-प्रविधि

चिनियाँ अन्तरिक्षयान अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर भागमा अवतरण

By खबरहब

June 04, 2024

काठमाडौं– चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको जनाएको छ ।

चीनले पृथ्वीबाट देख्न नसकिने उक्त चन्द्र सतहमा दोस्रोपटक मानवरहित अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको हो । उसले पहिलोपटक सन् २०१९ मा आफ्नो ‘चांग इ ४ यान’लाई त्यहाँ अवतरण गराएको थियो  ।

अहिलेसम्म यो अज्ञात स्थानमा अन्य कुनै पनि देशले आफ्नो यान पठाउने कोसिस गरेका छैनन् ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए)का अनुसार चिनियाँ समय अनुसार आइतबार बिहान ६:२३ मा चांग इ ६ अन्तरीक्षयान चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको हो ।

गत मे ३ मा प्रक्षेपण गरिएको उक्त मिसनको लक्ष्य उक्त क्षेत्रबाट दुर्लभ चट्टान तथा माटो जम्मा गर्नु रहेको छ ।

यो मिसनले चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा विशाल खाडलभित्रका केही सबैभन्दा पुराना चट्टानबाट सामग्रीहरू बाहिर निकाल्ने काम गर्नेछ ।

समाचार ‍श्रोत : बीबीसी