तस्बिर : एपी

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सैन्य सम्झौता निलम्बन गर्ने निर्णय अनुमोदन

By खबरहब

June 04, 2024

काठमाडौं- दक्षिण कोरियाले मंगलबार डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ कोरिया (डीपीआरके) सँग सेप्टेम्बर-१९ मा गरेको सैन्य सम्झौताको पूर्ण निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ ।

 यसअघि राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को कार्य-स्तरीय बैठकमा निर्णय गरेपछि प्रधानमन्त्री हान डक-सूको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरिएको हो ।

एनएससीले दुई पक्षबीच आपसी विश्वास पुनःस्थापित नभएसम्म सैन्य सम्झौताको सम्पूर्ण प्रभाव रोक्ने निर्णय गरेको छ ।

सन् २०१८ मा प्योङयाङमा भएको अन्तर-कोरियाली शिखर सम्मेलनमा सीमापारका सबै शत्रुतापूर्ण कार्यहरू रोक्नका लागि दुवै पक्षका रक्षा प्रमुखहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए ।