फाइल फोटो

आर्थिक

झिनो अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाए सबैभन्दा धेरै 

By खबरहब

June 04, 2024

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा ६.२२ अंकले वृद्धि भएको छ ।

आज नेप्सेमा ४ अर्ब ८ करोड ४७ लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले वृद्धि भएर २ हजार ७९ दशमलब ०७ को बिन्दुमा पुगेको हो ।

नेप्सेमा मंगलबार ८३ लाख ५ हजार ७८६ वटा शेयर कारोबार हुँदा १२५ कम्पनीको मूल्य वृद्धि भएको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

मंगलबार भएको शेयर कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाउन सफल भएका छन् । हिजो भने नेप्से ३.९७ अंकले घट्न पुगेको थियो ।