समाचार

उपेन्द्र यादवको मुद्दा ‘हेर्न नभ्याइने’

By खबरहब

June 04, 2024

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा मंगलबार ‘हेर्न नभ्याइने’ भएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।

जसपा नेपाल छाडेका अशोक राई सहितका नेताहरूको निवेदनअनुसार निर्वाचन आयोगले दल दर्ता गरेपछि अध्यक्ष यादव सर्वोच्च गएका थिए ।