सांकेतिक तस्बिर

समाचार

संखुवासभाबाट बिष्फोटक पदार्थसहित दुई जना पक्राउ

By खबरहब

June 04, 2024

संखुवासभा – संखुवासभा, चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारुद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने २७ वर्षीय बसन्त कुमाल र २७ वर्षीय बिकास कुमाल रहेका छन् । 

अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बिष्फोटक पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।