अन्तर्राष्ट्रिय

पञ्जाबको जालन्धरमा पूर्व मुख्यमन्त्री चरणजीत विजयी  

By खबरहब

June 04, 2024

काठमाडौं– भारतको पञ्जाबमा पर्ने जालन्धर लोकसभा सीटमा पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी विजयी भएका छन् । 

कांग्रेस नेता चरणजीतले भारतीय जनता पार्टी (भाजपा) का सुशीलकुमार रिंकुलाई १ लाख ७५ हजार ९९३ मतले पराजित गरेका छन् । 

उनले ३ लाख ९० हजार ५३ मत ल्याएका छन् । १९९९ देखि २०१९ सम्म यहाँ कांग्रेसकै दबदबा थियो । तर, पछिल्लो चुनावमा यो क्षेत्रमा आम आदमी पार्टी विजयी भएको थियो । 

पञ्जाब में कुल १३ लोकसभा सीट छन् । चरणजीतको विजयपछि बाँकी रहेका १२ सीट मध्ये ६ मा कांग्रेस, ३ मा आम आदमी पार्टी र एकमा शिरोमणि अकाली दल  तथा दुईमा स्वतन्त्र उम्मेदवारको अग्रता छ ।