आर्थिक

अरुण तेस्रो जलविद्युत् आयोजना : मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’

By खबरहब

June 04, 2024

काठमाडौं- संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ ।

मकालु गाउँपालिका–५ आम्राङमा एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडिट २ मा स्वीच थिचेर सुरुङ मार्ग ब्रेक थ्रु गरेका हुन् ।

त्यसक्रममा प्रधानमन्त्रीले यसलाई ठूलो उपलब्धि भनेका छन् । आयोजनाका अनुसार फाक्सिन्दामा रहेको ड्यामसाइडदेखि विद्युत गृह रहने दिदिङसम्म पानी पथान्तरका लागि ९.५ मिटर परिधिको करिब १२ किलोमिटर लामो सुरुङ निर्माण भएको छ ।

करिब १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ ।

विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्नेछ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन् ।

निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने पीडीएमा उल्लेख छ ।