आर्थिक

प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने  

By खबरहब

June 04, 2024

काठमाडौं– प्रभु बैंक लिमिटेड र स्वीसकन्ट्याक्ट नेपालबीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकको व्यवसायिक विकासमा सहयोग गर्ने गरी स्वीसकन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘सँगै बढ्दै: कोशी प्रदेशका लागि दिगो कृषि पहल’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा स्वीसकन्ट्याक्ट/नेपाल कृषि बजार विकास कार्यक्रमका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता  सहज रुपमा उपलब्ध गराईनेछ ।