राजनीति

संसद्‍मा सुहाङको पहिलो सम्बोधन : बजेटले जनतामा विश्वास जगाउन सक्नुपर्छ

By खबरहब

June 04, 2024

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनतालाई विश्वास दिलाउने गरि बजेटको कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले हरेक बर्ष सार्वजनिक हुने बजेटले जनतामा केही आशा जाग्ने गरे पनि कार्यान्वयन नहुदा निराश हुनुपर्ने अवस्था रहेको बताए ।

उनले जनतामा आशा जगाउने गरी बजेट कार्यान्वयन गर्न सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

बजेट देशको एक वर्षको योजना र कार्यक्रम भएकोले यसमा निक्कै गम्भीर हुनुपर्ने उनले धारणा राखे ।

उनले आफू नयाँ सांसद भएकोले आफूप्रति जनताको आशा, विश्वास र भरोसा पनि आलो नै भएको बताए ।

नेम्बाङले अहिलेको समस्या भ्रष्टाचार हो कि, संरचनागत त्रुटि हो वा राजनीतिक अस्थिरता हो भन्ने कुराको समीक्षा गर्नुपर्ने बताए ।

उनले आफ्ना पिता सुवास नेम्बाङले देखाएको बाटोलाई अवलम्बन गर्दै देश र जनताका काममा लाग्ने प्रतिबद्धता जनाए ।

इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङले मंगलबार पहिलो पटक सदनमा मन्तव्य राखेका हुन् ।