समाचार

बागमती प्रदेशको आवधिक योजना पारित

By खबरहब

June 04, 2024

हेटौँडा– बागमती प्रदेश सरकारले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेको छ । आज बसेको प्रदेश विकास परिषद्को बैठकले प्रदेश आवधिक योजना २०८१-८२-२०८५-८६ लाई पारित गरेको हो । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरू, नीति तथा योजना आयोगका उपाध्यक्ष, संसदीय दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, प्रदेश विकास परिषद्को सदस्यहरूको उपस्थिति रहेको थियो । 

बैठकमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको आवधिक योजनाको मस्यौदामा छलफल गर्दै सुझावसहित केही महत्वपूर्ण योजना थप गर्ने र सोहीअनुसार बजेट निर्माण गरिने बताए । 

उक्त सुझावसहितको मस्यौदा नीति तथा योजना आयोगको बैठकले स्वीकृति प्रदान गरेर मन्त्री परिषद्को बैठकमा पेश गरिने छ ।