खेलकुद

नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जित्यो, बलिङ गर्ने

By खबरहब

June 04, 2024

काठमाडौं – पुरुष टी२० विश्वकपअन्तर्गत समूह डीको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपालविरुद्ध टस जितेको छ । टस जितेको नेदरल्याण्ड्सले पहिलो इनिङमा नेपालविरुद्ध बलिङ रोजेको छ ।

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुन लागेको हो । नेपाली समयअनुसार सवा ९ बजे शुरू हुने भनिएको खेल वर्षाका कारण धकेलिएको थियो ।

जारी विश्वकपको समूह ‘डी’ मा रहेका दुबै टोलीले आजको खेलमा हाबी हुँदै विजयी यात्रा शुरू गर्न चाहेका छन्‌ ।