खेलकुद

नेपालले गुमायो तेस्रो विकेट, अनिल साह १२ बलमा ११ रन बनाएर आउट

By खबरहब

June 04, 2024

काठमाडौं – नेदरल्याण्ड्सविरुद्ध पहिलो इनिङमा ब्याटिङ गरिरहेको नेपालले ७.४ ओभरमा ३ विकेट गुमाएर ४० रन जोडेको छ ।

नेपालले यसअघि ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखलाई सस्तैमा गुमाएको थियो । तेस्रो विकेटका रूपमा अनिल साह ७.४ ओभरमा १२ बलमा ११ रन बनाएर पेभेलियन फर्किएका हुन्‌ ।

ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन र कुशल भूर्तेल १० बलमा ७ रन बनाएर आउट भएका हुन्‌ ।

पाँचौं नम्बरमा अहिले कुशल मल्ल क्रिजमा गएका छन्‌ । रोहित पौडेलले १७ बलमा १३ रन जोडेका छन्‌ ।