खेलकुद

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य

By खबरहब

June 04, 2024

काठमाडौं – नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । टी२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले पाँच चौकासहित ३७ बलमा ३५ रन जोडे । करन केसीले २ छक्कासहित १२ बलमा १७ रन जोड्दा गुल्शन झाले १५ बलमा १ छक्कासहित १४ रन जोडे ।

अनिल साहले ११ रन जोड्दा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।