खेलकुद

नेदरल्याण्ड्सलाई पहिलो झट्का !

By खबरहब

June 04, 2024

काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत भइरहेको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पहिलो झट्का दिएको छ । दोस्रो इनिङमा बलिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले २.१ ओभरमा पहिलो विकेट लिएका हुन् ।

सोमपालले नेदरल्याण्डका ओपनर माइकल लेभिटलाई १ रनमै पेभेलियन फर्काइदिएका हुन्‌ ।

१०७ रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले यो समाचार तयार गर्दासम्म ४.३ ओभरमा १ विकेट गुमाएर २६ रन जोडेको छ ।