फाइल फोटो

देश/प्रदेश

आजको मौसम : देशका विभिन्न स्थानमा भारी वर्षा

By खबरहब

July 04, 2024

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ।  कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूका मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 साथै कोशी,  गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशको एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।