आर्थिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

July 04, 2024

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।