समाचार

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

By खबरहब

July 04, 2024

काठमाडौं– निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिए । प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो ।

उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी गरिएको छलफलका क्रममा गम्भीर विषयहरू उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछि मात्रै सुनुवाइ गर्ने सभापति जवराले बताए ।

प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेका छन् । संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।