फाइल फोटो

राजनीति

एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो, दीर्घकालीन निर्णय नगर्नू’ 

By खबरहब

July 04, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । समर्थन फिर्ता लिएको साविक सत्तारुढ नेकपा (एमाले)ले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न भनेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरी अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नभएको पनि एकालेको भनाइ छ ।

पोखरेलले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न नगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’

सरकारमा रहेका ८ जना मन्त्रीले बुधबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

बिहान राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई भेटेर छिटो राजीनामा दिन भनिसकेका छन् ।

यस्तो छ विज्ञप्ति