फाइल तस्वीर

समाचार

जहाजको इन्जिन मर्मत प्रकरणमा छानबिन समिति बन्यो, कागजात उपलब्ध गराउन माग

By खबरहब

July 04, 2024

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको ए३२० जहाजको मर्मतको लागि इजरायल पठाएको र ए३३० जहाजको थ्रीसी चेकको इटाली पठाएको विषयमा छानबिन गर्न समिति बनाएको छ ।

मन्त्रालयले असार १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।

छानबिनका लागि समितिले निगमलाई पत्र काटेर दुवै जहाजको इन्जिन मर्मत सम्भार गर्न पठाएको सम्बन्धित कागजात माग गरेको छ ।

समितिले मन्त्रीस्तरीय निर्णयअनुसार आवश्यक छानबिन गरेर १५ दिनभित्र पेश गर्नुपर्नेछ ।