राजनीति

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : रेखा शर्मा

By खबरहब

July 04, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले राजीनमा नदिइ विश्वासको मत लिने जानकारी दिइन् ।

उनले भनिन्, ‘ सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक, कानुनी व्यवस्थाअनुरूप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं ।’

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले बुधबार समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन् ।