अन्तर्राष्ट्रिय

यसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने

By खबरहब

July 04, 2024

काठमाडौं – भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले यसै वर्षमा आफ्नो मुलुकको कुल ग्राहस्थ उत्पादन ४ ट्रिलियन डलर पुग्ने बताएकाछन् ।

बेलायतको क्याम्ब्रिजमा रहेको ऐतिहासिक क्याम्ब्रिज युनियनलाई सम्बोधन गर्दै सन्यालले यसै वर्ष भारतको अर्थतन्त्र ४ खर्ब डलर पुग्ने बताएका हुन् ।

सम्बोधनका क्रममा गत वर्ष भारतको अर्थतन्त्र ८ दशमलब २ प्रतिशतले बढेको जानकारी दिँदै यस वर्ष भने आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अपेक्षा गरिएको बताएका छन् ।

त्यसो भएमायसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने उनको भनाइछ । यस्तो भएमा भारतीय अर्थतन्त्र जापानको समकक्षमा पुग्ने सन्याललाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

उनका अनुसार भारतलाई १ खर्ब डलर पुग्न उदारवाद शुरु भएको १६–१७ वर्षको अवधि पर्खिनुपरेको थियो । दोस्रो र तेस्रो ट्रिलियन डलर पुग्न थप ७–७ वर्ष लागेको भन्दै उनले चौथो ट्रिलियन डलरको सीमा भेट्न भारतीय अर्थतन्त्रलाई केबल ५ वर्ष लागेको उल्लेख गरे ।